१५ सय ७३ थपिए आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंः नेपालमा गत २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज ८ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित छन्। यस्तै ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा छन्।
संक्रमित मध्ये २ सय २५ जना आइसियुमा र ती मध्ये  ३३ जना भेन्टीलेटरमा छन् ।