काठमाडौंः नेपालमा गत २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८ सय २१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेका नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज १ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार हाल देशभर १८हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्। यस्तै ६ हजार ३ सय ३१ जना क्वारेन्टिनमा छन्।
संक्रमित मध्ये २ सय २४ जना आइसियुमा र ती मध्ये २७ जना भेन्टीलेटरमा छन् ।
प्रतिक्रिया