काठमाडौं, नेपालमा गत २४ घन्टामा १ हजार ३ सय १३ जना व्यक्तिलाई कोरोना संक्रमण भएको छ । गत २४ घन्टामा १२ हजार २ सय ६२ जनामा पिसिआर परीक्षण गरिएको थियो । हालसम्म कुल ७० हजार ५ सय ६६ जना नेपाली मा कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमति पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ सय ४ सय ५५ रहेको छ । यसरी आज समेत कोरोना संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । यो कुल संक्रमणको ७२.७ प्रतिशत हो।
स्वास्थ्य तथा जनसंख्या छ मन्त्रालयको आजको नियमित राष्टिय अपडेट कार्यक्रममा प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार
काठमाडौँ उपत्यकामा ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार का ६ सय ९, ललितपुरका ९५ तथा भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।
गत २४ घन्टामा ६ जनाको निधन भएपछि कोरोनाबाट निधन हुनेहरुको संख्या ४ सय ५९ पुगेको छ । यसै गरी हाल २ सय ३२ आइसियुमा छन् भने भेन्टिलेटरमा २८ रहेका छन् । आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या ६ हजार ४ सय ६४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ ।
प्रतिक्रिया