मनसुन ढिलो बाहिरिने; केही स्थानमा अतिभारी वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यस वर्षको मनसुनको बहिर्गमन औसतभन्दा केही समय ढिलो हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज साँझ जारी गरेको विशेष मौसम बुलेटिनमा नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहेता पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको जनाइएको छ।

आजसम्मको विश्लेषण अनुसार, हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम(उत्तर(पश्चिम तर्फ सर्ने क्रममा आगामी ३ दिन अर्थात् २५ सेप्टेम्बर सम्म रहने छ । नेपालका धेरै स्थानमा बदली भई मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको समेत बुलेटिनमा उल्लेख छ ।
यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले विज्ञप्तिमा उल्लेख छ।

बुलेटिनमा महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै रहने समेत उल्लेख छ ।