काठमाडौं, नेपालमा गत २४ घन्टामा १ हजार १ सय ७२ जना व्यक्तिलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या छ मन्त्रालयको आजको नियमित राष्टिय अपडेट कार्यक्रममा प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार गत २४ घन्टामा ९ हजार ५ सय ५३ जनामा पिसिआर परीक्षण गरिएको थियो । हालसम्म कुल ६७ हजार ८ सय ४ जना नेपाली मा कोभिड १९ संक्रमण देखिएको छ ।
काठमाडौँ उपत्यकामा बुधबार थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौँका ४ सय ९२, ललितपुरका ५० तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो।
उहाँका अनुसार कोरोना संक्रमण मुक्त भई घर जानेको संख्या आज १ हजार ८ सय ९३ रहेको छ । आज समेत कोरोना संक्रमणबाट निको हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ ।
यसरी कोरोनाबाट सन्क्रमणबाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल ४७ हजार २ सय ३८ पुगेको छ । यो कुल संक्रमणको ७२ प्रतिशत हो।
गत २४ घन्टामा १६ जनाको निधन भएपछि कोरोनाबाट निधन हुनेहरुको संख्या ४ सय २७ पुगेको छ ।
यसै गरी हाल १ सय ९६ आइसियुमा छन् भने भेन्टिलेटरमा ३१ रहेका छन् ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या ७ हजार ४ सय ३ रहेको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ ।
प्रतिक्रिया