१ हजार १ सय ५४ थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,  नेपालमा गत २४ घन्टामा १ हजार १ सय ५४ जना व्यक्तिलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या छ मन्त्रालयको आजको नियमत राष्टिय अप्डेट कार्यक्रममा प्रवक्ता डा। जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार गत २४ घन्टामा ९ हजार ५ सय ५३  जनामा पिसिआर परीक्षण गरिएको थियो । हालसम्म कुल ६५ हजार २ सय ७६ जना नेपालीर्ला कोभिड १९ संक्रमण भएको छ ।
डा गौतमका अनुसार कोरोना संक्रमण मुक्त भई घर जानेको संख्या १ हजार ५ रहेको छ ।
यसरी  कोरोनाबाट सन्क्रमणबाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल ४७ हजार २ सय ३८ पुगेको  छ । यो कुल संक्रमणको  ७२ प्रतिशत हो।

गत २४ घन्टामा १६ जनाको निधन भएपछि कोरोनाबाट निधन हुनेहरुको संख्या ४ सय २७ पुगेको छ ।
यसै गरी हाल १ सय ९६ आइसियुमा छन् भने भेन्टिलेटरमा ३१ रहेका छन् ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  ७ हजार ४ सय ३ रहेको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय  ७८ रहेको छ ।