काठमाडौं, नेपालमा गत २४ घन्टामा १ हजार ४ सय ५९ जना व्यक्तिलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या छ मन्त्रालयको आजको नियमत राष्टिय अप्डेट कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार गत २४ घन्टामा १० हजार ३ सय ७५ जनामा पिसिआर परीक्षण गरिएको थियो । हालसम्म कुल ५६ हजार ७ सय ८८ जना नेपालीमा कोभिड १९ संक्रमण भएको छ ।
डा गौतमका अनुसार कोरोना संक्रमण मुक्त भई घर जानेको संख्या १ हजार ६२ रहेको छ ।
यसरी कोरोनाबाट संक्रमणबाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल ४० हजार ६ सय ३८ पुगेको छ ।
गत २४ घन्टामा ११ जनाको निधन भएपछि कोरोनाबाट निधन हुनेहरुको संख्या ३ सय ७१ पुगेको छ ।
प्रतिक्रिया