शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र २८
आश्विन कृष्ण एकादशी
एकादशी श्राद्ध
तदनुसार सेप्टेम्बर १४ आइतबार
इतिहासमा आज
सन् १९९२ — पेरुको माओवादी कम्युनिष्ट पार्टी साइनिन पाथ,का नेता अविमेल गुजमान पक्राउ त्यहाँको सशस्त्र आन्दोलन समाप्तिको बाटोतर्फ
आजको कोरोना अप्डेट :
नेपाल
कुल परीक्षण ८ लाख ३१ हजार ३ सय ६२
मृत्यु —३ सय ३६
क्वारेन्टाइनमा —६ हजार ३ सय ५४
विश्वभर कोरोना :
संक्रमित: २ करोड ८९ लाख ३० हजार ९६
निको भएका :२ करोड ७ लाख ९९ हजार ५ सय ३५
मृत्यु : ९ लाख २४ हजार ५८
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र २८ गते (आईतबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
तापक्रम
बढीमा : ३० डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ४८
सूर्यास्त : ६:१०
प्रतिक्रिया