काठमाडौं, नेपालमा गत २४ घन्टामा १ हजार २ सय १ जना व्यक्तिलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या छ मन्त्रालयको आजको नियमत राष्टिय अप्डेट कार्यक्रममा प्रवक्ता डा। जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार गत २४ घन्टामा १० हजार 1 सय ७६ जनामा पिसिआर परीक्षण गरिएको थियो । हालसम्म कुल ५३ हजार १ सय २० जना नेपालीर्ला कोभिड १९ संक्रमण भएको छ ।
डा गौतमका अनुसार कोरोना संक्रमण मुक्त भई घर जानेको संख्या ८ सय ५२ रहेको छ ।
यसरी कोरोनाबाट सन्क्रमणबाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल ३७ हजार ५ सय २४ पुगेको छ । यो कुल संक्रमणको 70 प्रतिशत हो। प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौ उपत्यकामा ४ सय ३१ जजनामा कोरोना संक्रमण देखिएको छ। यसै अवधिमा काठमाडौंमा ३७७ , ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा कोरोना संक्रमण भएको छ ।
गत २४ घन्टामा ९ जनाको निधन भएपछि कोरोनाबाट निधन हुनेहरुको संख्या २ सय ८० पुगेको छ ।
यसै गरी हाल १ सय ६७ आइसियुमा छन् भने भेन्टिलेटरमा २४ रहेका छन् ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या ६ हजार ३ सय ५४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १5 हजार ८ सय ७० रहेको छ ।
प्रतिक्रिया