रिक्सा चालकले पाए राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लकडाउनका कारण कठिन दैनिकी गुजारिरहेका ठमेलका एक सय ६३ रिक्सा चालकहरूलाई ह्योल्मो हेल्पिङ हयान्ड्स समूह र मेटा होप चियल्लेजले राहत वितरण गरेको छ ।
रिक्सा चालकको अवस्था बारे केही दिनअघि घामछाँया डट कमले समाचार प्रकाशन गरेको थियो ।

यसपछि मेटा होप र चियल्लेज संस्थाले एक बोरा चामल, दाल, नुन, मसेउरा, तेल र ह्योल्मो हेल्पिङ हयान्ड्स समूहदूारा दाल, तेल, नुन, चिउरा, मसेउरा, हल्दी, मसला, डिटोल साबुन, आटा लगायतका सामाग्रीहरु रिक्सा चालकहरुलाई वितरण गरेको हो । “यस्तो बेला सहयोग पाउदा निकै खुसी छु” चन्द्रबहादुर तामाङले राहत सहयोग पाएकोमा खुसी प्रकट गरे ।

त्यस्तै, अर्का रिक्सा चालक चन्द्रबहादुर तामाङले सरकारबाट कुनै सहयोग नपाएको बेला ह्योल्मो हेल्पिङ हयान्ड्सबाट राहत पाउँदा निकै खुसी लागेको बताए । उनले अबको एक महिनाका लागि भए पनि आफ्नो दैनिकी सहज हुने पनि बताए ।

काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक संगठनका अध्यक्ष कृष्ण बहादुर विश्वकर्माले कोभिड–१९ को कारण देश बन्दाबन्दीको अवस्थामा रहेकोल े सरकारबाट मजदुरलाई राहत सम्बोधन नभएको, मेटा होप र चियल्लेज र ह्योल्मो हेल्पिङ हयान्ड्सबाट राहत पाउँदा निकै खुसी बताए ।

हयोल्मो हेल्पिङ हयान्ड्सका अध्यक्ष जिमी लामा (हयोल्मो) ले पनि दुःखमा परेका रिक्सा चालकहरुलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले भने, ‘हाम्रो लक्ष्य नै समाज सेवा हो । दुःखमा परेका जो कोहीलाई सहयोग गर्नु हो ।’ विगत पाँच बर्षदेखि आत्म सन्तुष्टिकै लागि समाज सेवामा जुटेको पनि उनले बताए । उनले घामछायाँ डटकमको खबरका आधारमा थप जानकारी लिएर दुःखमा रहेका रिक्सा चालकहरुलाई राहत वितरण गरिएको जानकारी दिएका छन् ।