१ हजार ४१ संक्रमित थपिए, १ हजार ५५ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,  नेपालमा गत २४ घन्टामा १ हजार ४१ जना व्यक्तिलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या छ मन्त्रालयको आजको नियमत राष्टिय अप्डेट कार्यक्रममा प्रवक्ता डा। जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार गत २४ घन्टामा १२ हजार ४ सय ७३ जनामा पिसिआर परीक्षण गरिएको थियो । हालसम्म कुल ४५ हजार २ सय ७७ जना नेपालीर्ला कोभिड १९ संक्रमण भएको छ ।
डा गौतमका अनुसार कोरोना संक्रमण मुक्त भई घर जानेको संख्या १ हजार ५ सय ६६ रहेको छ ।
यसरी  कोरोनाबाट सन्क्रमणबाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल २७ हजार १ सय ३२ पुगेको  छ । यो कुल संक्रमणको ५६ प्रतिशत हो। प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  काठमाडौ उपत्यकामा ४ सय ८ जनामा कोरोना संक्रमण  देखिएको छ।  यसै अवधिमा  काठमाडौंमा  ३ सय २६ , ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण भएको छ ।

गत २४ घन्टामा ९ जनाको निधन भएपछि कोरोनाबाट निधन हुनेहरुको संख्या २ सय ८० पुगेको छ ।
यसै गरी हाल १ सय ६७ आइसियुमा छन् भने भेन्टिलेटरमा २४ रहेका छन् ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  ६ हजार ५ सय ६१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय  ७० रहेको छ ।