संक्रमणमा भारत र ब्राजिल नजिक नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र १९

आश्विन कृष्ण द्वितीया (१२ २९ बजेसम्म) 

तृतीया श्राद्ध

    तदनुसार सेप्टेम्बर ४, शुक्रबार

आजको कोरोना अप्डेट :

कुल कोरोना संक्रमणमा विश्वमा  तेस्रो  स्थानमा रहेको छिमेकी देश भारत दोश्रो स्थानमा रहेको ब्राजिल नजिक पुगेको छ । अद्यावधिक तथ्यांक अनुसार हालसम्म ब्राजिलमा करिब साढे ४० लाख संक्रमण पुगेको छ भने भारतमा साढे ३९ लाख जनता संक्रमित छ्न । भारतमा ब्राजिल भन्दा दोब्बर दरमा संक्रमण बढीरहेको छ । यसले भारत सर्वाधिक कोरोना संक्रमण हुने देशमा दोश्रो मुलुक बन्ने संकेत गरेको छ ।


नेपाल

कुल PCR परीक्षण  -७ लाख ३१ हजार ८ सय ५२

कुल पोजेटिभ—- ४२ हजार ८ सय ७७

आइसोलेशन —– १८ हजार ४ सय १३

डिस्चार्जड केस — २४ हजार २ सय ७ (५६.५ %)

मृत्यु —-२ सय ५७

क्वारेन्टाइनमा —-६ हजार ७ सय ४९


विश्वभर कोरोना :

संक्रमित: २ करोड  ६४ लाख ५६ हजार ९ सय ८५

निको भएका :१ करोड  ६४ लाख ७ हजार ९ सय २२

मृत्यु : ८ लाख ७२ हजार ४ सय ९९

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

भाद्र २० गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग

तापक्रम
बढीमा : २९  डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ४४
सूर्यास्त  : ६:२१