अधिक हवाइ भाडा नलिन मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित अन्तर्राष्ट्रिय उडानको भाडा नेपाल वायु सेवा निगम सरह नै लिन नेपाल आउने विदेशी एयर लाइन्सलाई निर्देशन दिएको छ ।
यसबारे बारे मन्त्रालयले आज ६ बुँदे निर्णय निर्णय सार्वजनिक गर्दै हिमालय एयरलाईन्स र नेपाल वायुसेवा निगमको नियमित उडान भएका सेक्टरहरुमा नेपाली वायुसेवाहरुले तय गरेको भाडादर अनुसार नै उडान गराउन विदेशी एयरलाईन्सहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिने उल्लेख छ ।

यसैगरी बजेट एयरलाईन्सको सामान्य भन्दा कम भाडादर हुने गरी उडान संचालन गर्न निर्देशन दिने , चार्टर उडानसमेत मन्त्रालयले स्वीकृत गरेको भाडादरभन्दा बढी नहुने सुनिश्चित गर्ने, र कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडा नलिने वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने ।


यसै गरी अगष्ट २०२० मा एयर अरेबियाको उडानबाट पिरिआर परीक्षण गराई आएका १४२ जनाको होटल क्वारेन्टाईन वापतको रकम सम्बन्धित यात्रुहरुलाई फिर्ता दिन र अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन एयर अरेबियालाई लाई सचेत गराउने निर्णय पनि मन्त्रालयले गरेको छ ।