हाल सम्मकै सर्वाधिक संख्यामा कोरोनामुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं,  गत २४ घन्टामा कोरोना संक्रमणबाट हालसम्मकै सर्वाधिक संख्यामा मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित राष्टिय अप्डेट कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार गत २४ घन्टामा कोरोना संक्रमण मुक्त भई घर जानेको संख्या १ हजार १ सय २१ रहेको छ ।
यसरी  कोरोनाबाट सन्क्रमणबाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल २३ हजार २ सय ९० पुगेको  छ । यो कुल संक्रमणको ५६ प्रतिशत हो।नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । गत २४ घन्टामा देशभर १ हजार १ सय २० जना कोरोना संक्रमित भेटिएका छन् । यो समेत गरी नेपालमा ४१ हजार ६ सय ४९ जना कोरोना संक्रमित देखिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  काठमाडौ उपत्यकामा ३ सय ८६ जनामा कोरोना संक्रमण  देखिएको छ।  यसै अवधिमा  काठमाडौंमा  ३ सय ५० , ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण भएको छ ।

गत २४ घन्टामा १२ जनाको निधन भएपछि कोरोनाबाट निधन हुनेहरुको संख्या २ सय ५१ पुगेको छ ।

आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  ७ हजार ७ सय ६६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार १ सय  ८ रहेको छ ।