संक्रमितको संख्या ४० हजार पार, आज ७ सय ६८ जना निको

चार वर्षे बालिकासहित ११ जनाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,  नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । गत २४ घन्टामा थप १ हजार ६९  जनामा कोभिड १९  संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  गत २४ घन्टामा कुल १२ हजार ८८ जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख ९५ हजार ३ सय ३० जनाको पिसिआर परिक्षण गरिएको छ।

प्रवक्ता गौतमका अनुसार काठमाडौ उपत्यकामा ४ सय ८१ जनामा कोरोना संक्रमण  देखिएको छ।  यसै अवधिमा  काठमाडौंमा  ३ सय ९३ , ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण भएको छ ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर घर जानेको संख्या ७ सय ६८ रहेको छ । यसरी  कोरोनाबाट सन्क्रमणबाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल २२ हजार १ सय ७८ पुगेको  छ । यो कुल संक्रमणको ५५ प्रतिशत हो।

गत २४ घन्टामा चार वर्षे बालिकासहित ११ जनाको निधन भएपछि कोरोनाबाट निधन हुनेहरुको संख्या २ सय ३९ पुगेको छ ।

आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  ७ हजार ३ सय ९० रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार १ सय २२ रहेको छ ।