
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना भारइसको संक्रमण पुष्टि भए पछि आफू होम आइसोलेसनमा बसेको जानकारी दिँदै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
सोमबार साँझ घामछायाँसँग कुरा गर्दै मेयर शाक्यले आफू र आप्ःनी पत्नीको परीक्षण गर्दा आफूमा संक्रमण देखिए पनि पत्नीको नेगेटिभ रिर्पोट आएको जानकारी दिनुभयो । ‘सबैभन्दा क्लोज कन्ट्याक्टमा रहेकी उनको नेगेटिभ आएकोले आत्तिनुपर्ने अवस्था भए जस्तो लाग्दैन’, उहाँले भन्नुभयो । साथै उहाँले आफूमा लक्षण नदेखिएको र कुनै स्वास्थ्य समस्या भएमा तत्काल चिकित्सक सँग परामर्श थाल्ने पनि बताउनुभयो । कोरोना नियन्त्रणकालागि स्थानीय सरकारको जिम्मेवारीमा
आएका काममा खटिँदा संक्रमणले भेटेको हुन सक्ने उहाँको अनुमान छ ।
गत आइतबार बिहान राजधानीको ग्रान्डी अस्पतालमा पत्नी सहित पूग्नुभएका मेयर शाक्यले स्वाबसमेत दिएर फर्किनु भएको थियो।
प्रतिक्रिया