काठमाडौं : नेपालमा गत २४ घन्टामा थप १ हजार २ सय २१ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यो समेत गरी हालसम्म कुल ३८ हजार ५ सय ६१ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा कुल ८ सय ९९ जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख ८३ हजार २ सय ४२ जनाको पिसिआर परिक्षण गरिएको छ।
प्रवक्ता गौतमका अनुसार काठमाडौ उपत्यकामा २ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ। यसै अवधिमा काठमाडौंमा १ सय ९० , ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये १ सय ३२ ब्यक्ति सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये १६ जना भेन्टिेलेटरमा छन् ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर घर जानेको संख्या ५ सय ८८ रहेको छ । यसरी कोरोनाबाट सन्क्रमणबाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल २१ हजार ४ सय १० पुगेको छ । यो कुल संक्रमणको ५४ प्रतिशत हो।
गत २४ घन्टामा चार वर्षे बालिका सहित ७ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने २ सय २८ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या ७ हजार ३ सय ३७ रहेको छ भने सक्रिया संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ ।
प्रतिक्रिया