शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र १५
भाद्र शुक्ल त्रयोदशी
तदनुसार अगष्ट ३१, सोमबार
इतिहासमा आज
पापराजीले पच्छ्याउँदा राजकुमारीको देहावसान
सन १९९७ मा बेलायतकी राजकुमारी डायना आफ्नी प्रेमी डोडी अल फायदसँग फ्रान्स भ्रमणमा रहेका बेला उनी चढेको मर्सिडिज बेन्ज कार पेरिसको एक सुरुन मार्गको मुखमा दुर्घटनाग्रस्त हुँदा डायना, फायद र चालक हेनरी पौलको घटनास्थलमै मृत्यु भएको थियो । डायनालाई पछ्छ्याउदै गएका फोटो पत्रकारबाट जोगिन कारलाई तीब्र गतिलले चलाउनुलाई यो दुर्घटनाको कारण मानिएको छ। यसलाई विश्व चर्चित दुर्घटना मध्ये एक मानिन्छ ।
नेपाल
कुल PCR परीक्षण -६ लाख ८२ हजार ३ सय ३४
कुल पोजेटिभ—- ३८ हजार ५ सय ६१
आइसोलेशन —– १७ हजार ५ सय १८
डिस्चार्जड केस — २० हजार ८ सय २२ (५४%)
मृत्यु —-२ सय २१
क्वारेन्टाइनमा —-७ हजार ७ सय ९७
आइसियूमा उपचाररत १ सय ४४
भेन्टिलेटरमा उपचाररत १७
विश्वभर कोरोना :
संक्रमित: २ करोड ५३ लाख ८२ हजार ७ सय ४५
निको भएका :१ करोड ७७ लाख ४ हजार ८ सय ३१
मृत्यु : ८ लाख ५० हजार ५ सय ३
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र १५ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश न. १, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी प्रदेशमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः ४२
सूर्यास्त : ६:२५
प्रतिक्रिया