काठमाडौं नेपालमा गत २४ घन्टामा थप १ हजार २ सय २१ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यो समेत गरी हालसम्म कुल ३८ हजार ५ सय ६१ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा कुल १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख ८२ हजार ३ सय ४६ जनाको पिसिआर परिक्षण गरिएको छ।
प्रवक्ता गौतमका अनुसार काठमाडौ उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ। यसै अवधिमा काठमाडौंमा ३ सय ७२ , ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये १ सय ७५ ब्यक्ति सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये १७ जना भेन्टिेलेटरमा छन् ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर घर जानेको संख्या २ सय ७६ रहेको छ । यसरी कोरोनाबाट सन्क्रमण बाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल २२ हजार ८ सय २२ पुगेको छ । यो कुल संक्रमणको ५४ प्रतिशत हो।
गत २४ घन्टामा विभिन्न स्थानका गरी १४ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय २१ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या ७ हजार ७ सय ९७ रहेको छ ।
प्रतिक्रिया