निधन हुनेको संख्या दुई सय पार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ः नेपालमा गत २४ घन्टामा विभिन्न स्थानका गरी १२ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने २ सय  ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा पाल्पा, काठमाडौं र र भक्तपुरमा एक एक जना महिला र पर्सा दुई तथा सिराहा, गोरखा, कास्की काठमाडौं र भक्तपुरमा एक एक तथा ललितपुरमा २ जना पुरुष गरी १२ जनाको निधन भएको हो ।
यो कुल संक्रमितको ०.५५ प्रतिशत हो ।