थप  ८ सय ८४  जनामा  कोभिड १९  संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंस्  नेपालमा गत २४ घन्टामा थप  ८ सय ८४  जनामा  कोभिड १९  संक्रमण देखिएको छ । यो समेत १९ गरी हालसम्म कुल  ३७ हजार ३ सय ४० जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  गत २४ घन्टामा कुल  १० हजार ९ सय ७१  जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख ६९  हजार ६ सय २९ जनाको पिसिआर परिक्षण गरिएको छ।

प्रवक्ता गौतमका अनुसार काठमाडौ उपत्यकामा १ सय ८६ जनामा कोरोना संक्रमण  देखिएको छ।  यसै अवधिमा  काठमाडौंमा  १ सय ५५ , ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये  १  सय ७५ ब्यक्ति सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये २२ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर घर जानेको संख्या ३ सय १३ रहेको छ । यसरी  कोरोनाबाट सन्क्रमण बाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल २० हजार ५ सय ५५ पुगेको  छ । यो कुल संक्रमणको ५५ प्रतिशत हो।

गत २४ घन्टामा विभिन्न स्थानका गरी १२ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय  ९५ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  ८ हजार ३५ रहेको छ ।