संखुवासभा, ११ भदौ : प्रहरी हिरासतमा रहेका २ जनामा कोरोना पुष्टि भएसँगै संखुवासभामा आजदेखि १८ गतेसम्म निषेधाज्ञा जारी भएको छ।
हिरासतमा रहेका ३३ वर्षीय महिला र २८ वर्षीय थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा आदेश जारी भएको हो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड(१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा कोभिड(१९ संक्रमण
रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवं
सावधानहरूलाई कडाईका साथ पालना गर्न गराउन आज राती १२ बजेदेखि बिहीवार रात १२ बजेसम्म संखुवासभा जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन २०२० को
दफा २ बमोजिमको आदेश तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी
गरिएको आदेशमा उल्लेख गरिएको छ ।
निषेधाज्ञा जारी रहेको अवधिभर अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न मानिसको हुल
तथा भेला हुने सबै प्रकारका कार्य, विद्यालय, क्याम्पस, होटल रेस्टुराँ संचालन लगायतका कार्यहरूमा निषेध
गरिएको छ । त्यस्तै निषेधाज्ञाका क्रममा औषधी पसल, सुरक्षा, खानेपानी, सञ्चार, दैनिक उपभोग्य वस्तु पसल
तथा अत्यावश्यक सेवा मात्र संचालन हुने जारी आदेशमा उल्लेख गरिएको छ ।
संखुवासभामा यसअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरू मध्ये ५ जना उपचारपछि निको भएर
घर फर्किएका छन् भने ८ जना खाँदबारीस्थित हिमालय पब्लिक क्याम्पसको आइसोलेशनमा उपचारत छन् ।
प्रतिक्रिया