काठमाडौं: नेपालमा गत २४ थप ९ सय २७ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यो समेत १९ गरी हालसम्म कुल ३६ हजार ४ सय ५६ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा कुल १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर परिक्षण गरिएको छ।
प्रवक्ता गौतमका अनुसार काठमाडौ उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ। यसै अवधिमा काठमाडौंमा ३ सय ५० , ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये १ सय ६४ ब्यक्ति सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये २२ जना भेन्टिेलेटरमा छन् ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर घर जानेको संख्या १ सय ६९ रहेको छ । यसरी कोरोनाबाट सन्क्रमण बाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल २० हजार २ सय ४२ पुगेको छ । यो कुल संक्रमणको ५६ प्रतिशत हो।
गत २४ घन्टामा विभिन्न स्थानका गरी १२ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय ९५ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या ८ हजार ९ सय ४३ रहेको छ ।
पत्रकार सम्मेलनमा डा. गौतमले अब केन्द्रमा एक हजार सैय्या, प्रदेश स्तरमा एक हजार नौ सय ५७ सैय्या तथा स्थानीय स्तरमा कुल ३ हजार २ सय ४५ ।
प्रतिक्रिया