आज ११ सय बढी संक्रमित, ५६७ डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा गत २४ थप  १ हजार १ सय ११ सय  जनामा  कोभिड १९  संक्रमण देखिएको छ । यो समेत १९ गरी हालसम्म कुल  ३५  हजार ५ सय २९ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार  गत २४ घन्टामा कुल  १२ हजार ६ सय २९  जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख ४७  हजार ८ सय ८१  जनाको पिसिआर परिक्षण गरिएको छ।

प्रवक्ता गौतमका अनुसार काठमाडौ उपत्यकामा ३ सय ७७ जनामा कोरोना संक्रमण  देखिएको छ।  यसै अवधिमा  काठमाडौंमा  २ सय ७० , ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये  १  सय ५० भन्दा बढी ब्यक्ति सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये १७ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर घर जानेको संख्या ५ सय ६९ रहेको छ । यसरी  कोरोनाबाट सन्क्रमण बाट मुक्त हुनेको संख्या आजसमेत गरी कुल २० हजार ७३ पुगेको  छ । यो कुल संक्रमणको ५६ प्रतिशत हो।

गत २४ घन्टामा विभिन्न स्थानका गरी ८ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय  ८३ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  ९ हजार ४ सय ४८ रहेको छ ।