संखुवासभामा थप चार जनामा कोरोना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


संखुवासभा, ११ भदौ
संखुवासभामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खाँदबारी नगरपालिकाको क्वारेनटिनमा रहेका १ जना र जिल्ला प्रहरी कार्यालयको क्वारेनटिनमा रहेका ३ जना गरी जम्मा चार जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

खाँदबारी नगरपालिकाको क्वारेनटिनमा रहेका २४ वर्षीय एक पुरुष र जिल्ला प्रहरी कार्यालयको क्वारेनटिनमा रहेका वर्ष २६, २७ र ३२ का तीन पुरुषहरूको स्वाब संकलन गरी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो गरिएको पिसिआर परिक्षणमा कोभिड १९ संक्रमण देखिएको हो । संक्रमितहरुको अवस्था सामान्य रहेको र उहाँहरुलाई खाँदबारी स्थित आइसोलेसनमा सार्ने तयारी गरिएको छ । यसका साथै संक्रमितको सम्पर्कमा आएका सबैको खोजी कार्य प्रारम्भ गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्लामा हालसम्म क्वारेनटिनमा रहेका व्यक्तिहरूमा मात्र संक्रमण पुष्टि भएको र समुदाय स्तरमा संक्रमण नदेखिएकाले अत्यावश्यक कामले जिल्लामा आउनुहुने सबैलाई अनिवार्य १४ दिन सँस्थागत वा होम क्वारेनटिनमा बस्नसमेत जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
यसअघि संखुवासभाको मकालु गाउँपालिका, ४ स्थित अरुण(३ प्रोजेक्ट, जे।पी। कम्पनीको क्वारेनटाईनमा रहेका ३२ वर्षीय १ जना पुरुष, धर्मदेवी नगरपालिका ४ स्थित क्वारेनटनमा रहेका २२ वर्षीय एक प्रहरी, धर्मदेवी नगरपालिकाका १ का ३४ वर्षीय पुरुष र चैनपुर नगरपालिका ११ का २४ वर्षीय पुरुष गरी जम्मा ३ जनामा संक्रमण पुष्टि भएको थियो ।