८ सय ८५ जना थपिए , ११ को निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा गत २४ थप  ८ सय ८५ जनामा  कोभिड   संक्रमण देखिएको छ । यो  समेत गरी हालसम्म कुल   ३४  हजार ७ सय १८ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार  गत २४ घन्टामा कुल  १३ हजार  २ सय ५३  जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख ३५  हजार २ सय ५  जनाको पिसिआर परिक्षण गरिएको छ।

प्रवक्ता गौतमका अनुसार काठमाडौ उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण  देखिएको छ।  यसै अवधिमा  काठमाडौंमा  २ सय ३० , ललितपुरमा २४ र भक्तपुरमा ४७ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये  १  सय ५१ जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये १४ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर ३ सय ८५ रहेको छ । यसरी  कोरोनाबाट सन्क्रमण बाट मुक्त हुनेको संख्या  आज सम्म गरि कुल १९ हजार ५ सय ४ पुगेको  छ । यो कुल संक्रमणको ५६.६% हो।

गत २४ घन्टामा विभिन्न स्थानका गरी ११ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय  ७५ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  ९ हजार ८ सय ३२ रहेको छ ।