कतारबाट फर्केको ? सुन्ना साथ डराउँछन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुर्पा शेर्पा,
काठमाडौं ः संसार नै कोभिड १९ को प्रकोपले रन्थनिएको बेला ललितपुरका स्थानीय बासिन्दा राज बैध्याकर पाँच बर्षपछि कुवेतबाट काठमाडौं आइपुगे । “विमानबाट ओर्लिएपछि उनी सहित वैदेशिक रोजगारीबाट फर्किएकाहरुले सोचेका थिए, अब हामीलाई क्वारेन्टिनमा राखिन्छ । तर उनीहरुलाई लगियो गोंगबुस्थित राधास्वामी सत्संग ब्यासमा रहेको होल्डिंग केन्द्रमा। तर त्यहाँको व्यवस्थापन उनीहरुले चित्त दुखाउनु पर्ने खालको थिएन खाना खाने ठाउँ, शयन कक्ष शौचालय सबै राम्रो ।

सात दिनसम्म त्यसैमा विताइ रहेका वैध्याकर आठौ दिनपछि भनियो, ‘तपाईहरु पीसीआर गर्नुस् र आआफ्ना सम्बन्धित जिल्लाहरुमा जानुस् है !?’ यसले सबैलाई एकै पटक झस्कायो, ‘विदेशबाट आएर बसेको जम्मा आठ दिन भएको छ, पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट नै नआइ समुदायमा मिसिन कसरी जाने ? ’ । उनीहरुले पीसीआर परीक्षणका लागि डाक्टर उपलब्ध गराउन समेत केन्द्रको जिम्मेवारी लिएका नेपाली सेनाका एक मेजरसँग कुराकानी गरेका थिए । उनीहरुले ‘हामी आफै परीक्षणको शुल्क तिर्छौ’ पनि भने तर त्यस अनुसार भएन । उनीहरूले सोचे अनुसार १४ दिनपछि कोरोना संक्रमित नभएको प्रमाण लिई घर फर्किने अपेक्षा पुरा भएन । त्यसपछि कोहीले जिल्लाबाट चिट्ठी ल्याए र कतिले आफ्नै खर्चमा निकट अस्पतालबाट पीसीआर परीक्षण गरेर नेगेटिभ आएपछि घरमा फकिर्एर बसेका छन् ।
कुवेतमा रहँदा वैध्यकारले क्वारेन्टीनको व्यवस्था राम्रो नभएको हल्ला धेरै सुनेका थिए। त्यसैले क्वारेन्टिनमा असजिलो हुने आशंका बोकेर स्वदेश आएका थिए उनी । तर उनीहरुलाई क्वारेन्टीनको साटो सुविधा खासै नराम्रो नभएको होल्डिंग केन्द्रमा राखियो जहाँ पिसिआर परीक्षण गर्ने नगर्ने भन्ने कुरै थिएन ।
‘यहाँ सरकारले विदेशीबाट आउने मानिसहरूलाई कम्तिमा चौध दिन क्वारोन्टिनका राख्ला, पीसीआर परीक्षण गर्ला भन्ने थियो, तर त्यसो भएन । विदेशमा कोरोनाका कारण रोजीरोटी सम्म गुमाएर स्वदेश फर्केका हरुलाई पीसीआर परीक्षण आफै गर्न सक्छन् भने छोडिदिने ?’, उनको प्रश्न थियो । पीसीआर परीक्षण नगरी घर जान पनि गाह्रो आफूबाट परिवार सदस्यलाई पनि कोरोना सक्रमण होला भन्ने डर । यसबारे सरकारले सोच्नु पर्ने कुरा हो । “सरकारले किन हामीलाई क्वारेन्टिनको सट्टा सिधा होल्डिंग सेन्टरमा लग्यो ?” भने उहाँ सोध्नुहुन्छ ।
पन्ध्र महिना पछि कुवेतबाट नेपाल आएका जीवन तामाङका अनुसार नेपाल फर्किदा उनले इन्टरनेटमा पढेका नेपालको क्वारेन्टिन सम्बन्धी धेरै समाचार र साथीहरूबाट थाहा पाएको कुरा भन्दा फरक थियो । बस्नका लागि राम्रो भए पनि होल्डिंग सेन्टरले मास्क, ग्लोभ्स, र सेनिटाइजरे व्यवस्था बारे भने त्यहाँ अलमल थियो ।
जीवन भन्नुहुन्छ, ‘कठिनाइहरु भए पनि त्यस अवस्थामा आफनो घर आउन पाएको ले खुसी छन् उनीहरु साथै हामीलाई विदेशीबाट ल्याएकामा सरकारलाई धन्यवाद दिन चाहन्छु ।’ स्वदेश फर्केपछि उहाँलाई अनौठो लागेको कुरा भने विदेशबाट आएको ‘‘१४ दिनपछि पीसीआर परीक्षण गरि घरमा फर्कदा पनि गाउँलेहरु आफूसँग डराए जस्ता छन् ।’
बौद्ध, काठमाडौंका स्थानीय पेम्बा शेर्पा पनि दुबईबाट नेपाल आएका चौध दिनसम्म उही होल्डिंग केन्द्रमा बसेका थिए । पीसीआर परीक्षण नेगेटिभ पछि, घरमै क्वारेन्टाइन छन् । शेर्पाका अनुसार होल्डिंग सेन्टरमा विदेशमा सुनेर बनाएको धारणा भन्दा विल्कुलै फरक र खाना पनि स्वादिलो र स्वास्थ्यकर रहेको उनको अनुभव छ” शेर्पाले बताए ।