आज ८ सय ५५ थपिए; ३ सय १३ डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा गत २४ थप  ८ सय ५५ जनामा  कोभिड   संक्रमण देखिएको छ । यो  समेत गरी हालसम्म कुल   ३३ हजार ५ सय ३३ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार  गत २४ घन्टामा कुल  ११ हजार  ३ सय २७   जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख २१  हजार ९ सय १   जनाको पिसिआर परिक्षण गरिएको छ।

प्रवक्ता गौतमका अनुसार काठमाडौ उपत्यकामा २ सय ३२ जनामा कोरोना संक्रमण  देखिएको छ।  यसै अवधिमा  काठमाडौंमा  १ सय ९९ , ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये  १  सय ३८ जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये १५ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर ३ सय १३ रहेको छ । यसरी  कोरोनाबाट सन्क्रमण बाट मुक्त हुनेको संख्या  आज सम्म गरि कुल १९ हजार १ सय १९ पुगेको  छ ।

गत २४ घन्टामा विभिन्न स्थानका गरी ७ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय  ६४ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  १० हजार ४ सय ५३ रहेको छ ।