आज ७ सय ४३ संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा गत २४ थप  सय १८   जनामा  कोभिड १९  संक्रमण देखिएको छ । यो  समेत गरी हालसम्म कुल   ३१ हजार ९ सय ३५ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार  गत २४ घन्टामा कुल  १० हजार  २ सय ३५   जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख १०  हजार ४ सय ७९   जनाको पिसिआर परिक्षण गरिएको छ।

प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौ उपत्यकामा २ सय २४ जनामा कोरोना संक्रमण  देखिएको छ।  यसै अवधिमा  काठमाडौंमा  १ सय ६६ , ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना कसंक्रमण भएको छ ।
कुल संक्रमित मध्ये  १  सय ३८ जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये १५ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भएर १ सय ७५ रहेको छ । यसरी  कोरोनाबाट सन्क्रमण बाट मुक्त हुनेको सन्ख्य  आज सम्म गरि कुल १८ हजार ८ सय ६ पुगेको  छ ।

गत २४ घन्टामा विभिन्न स्थानका गरी ८ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय  ५७ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  १३ हजार ७ सय १५ रहेको छ । साथै गौतमले अस्पतालमा लक्षण भएका विरामीलाई मात्र भर्ना गरिने बताउनु भयो ।