काठमाडौं :नेपालमा गत २४ थप ८ सय १८ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यो समेत गरी हालसम्म कुल ३१ हजार ९ सय ३५ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा कुल ८ हजार २६ जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ६ लाख ४ हजार ४४ जनाको पिसिआर परिक्षण गरिएको छ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौ उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ। यसै अवधिमा काठमाडौंमा १ सय २६ , ललितपुरमा १२ र भक्तपुरमा ८ जनामा कोरोना कसंक्रमण भएको छ ।
कुल संक्रमित मध्ये १ सय ३७ जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये १० जना भेन्टिेलेटरमा छन् ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ र्कुल २ सय ८१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानामुक्त भई घर फर्केकाको कुल संन्ख्या १८ हजार ६ सय ३१ जना रहेका छ । यो कुल संक्रमणको ५८ प्रतिशत हो । आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ५ सय १९ रहेको छ ।
गत २४ घन्टामा विभिन्न स्थानका गरी ३ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय ४६ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या ११ हजार ६ सय ५८ रहेको छ ।
प्रतिक्रिया