काठमाडौं : नेपालमा कोरोना गत २४ घन्टामा थप ८ सय ३८ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यो समेत गरी हालसम्म कुल ३० हजार ४ सय ८३ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।
गत २४ घन्टामा कुल ११ हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परिक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँकै अनुसार काठमाडौ उपत्यकामा यसै अबधिमा काठमाडौंमा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये १ सय ३५ जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये १५ जना भेन्टिेलेटरमा छन् ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ र्कुल २ सय ५० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानामुक्त भई घर फर्केकाको कुल संन्ख्या १८ हजार २ सय १४ जना रहेका छ । यो कुल संक्रमणको ५९.८ प्रतिशत हो । आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ३४ रहेको छ ।
गत २४ घन्टामा विभिन्न स्थानका गरी ११ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय ३७ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या १२ हजार २ सय ३४ रहेको छ ।
प्रतिक्रिया