आज ७०७ थपिए ; ६ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : नेपालमा कोरोना  गत २४ घन्टामा थप  ७ सय ७ जनामा  कोभिड १९  संक्रमण देखिएको छ । यो  समेत गरी हालसम्म कुल  २९ हजार ६ सय ४५  जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।

गत २४ घन्टामा कुल  ११ हजार  ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ५ लाख ५४  हजार  ६ सय ५६ जनाको पिसिआर परिक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँकै अनुसार काठमाडौ उपत्यकामा यसै अबधिमा  काठमाडौंमा  १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये  १ सय जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये ६ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ र्कुल २ सय ६४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानामुक्त भई घर फर्केकाको कुल संन्ख्या  १७ हजार ९ सय ८०  जना रहेका छ । यो कुल संक्रमणको ६१ प्रतिशत हो । आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ८ सय ३२ रहेको छ ।

गत २४ घन्टामा विभिन्न स्थानका गरी ६ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय  २६ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  ११ हजार ८ सय ३२ रहेको छ ।