आज एक हजार भन्दा बढी संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : नेपालमा कोरोना संक्रमण  दर अहिले सम्म कै  उच्च भेटिएको  छ । गत २४ घन्टामा कोरोना सन्क्रमितको  संख्या १ हजार १६ पुुुुुुगेको      छ। यो  समेत गरी हालसम्म कुल  २८ हजार २  सय ९४  जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।

गत २४ घन्टामा कुल  १३ हजार  ४ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको थियो । आज सम्म कुल   ५ लाख ४२  हजार  ८ सय ८८ जनाको पिसिआर परिक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँकै अनुसार काठमाडौ उपत्यकामा यसै अबधिमा कुल १ हजार १ जना संक्रमित देखीएका छन् । उहाँकै अनुसार काठमाडौंमा  १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा  १७ जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये  १ सय जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये ६ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ र्कुल ८५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानामुक्त भई घर फर्केकाको कुल संन्ख्या  १७ हजार ५ सय ८०  जना रहेका छ । यो कुल संक्रमणको ६६.२ प्रतिशत हो । आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ रहेको छ ।

गत २४ घन्टामा विभिन्न स्थानका गरी ३ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय  ५ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  १ हजार १ सय ४३ रहेको छ ।