६४१ थपिए आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ः नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप  ६ सय  ४१ जना संक्रमित भएका छन ।

गत २४ घन्टामा कुल  १२ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको थियो । आज सम्म कुल  ५ लाख १७ हजार ९ सय ७ जनाको पिसिआर परिक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँकै अनुसार काठमाडौ उपत्यकामा यसै अबधिमा कुल १ सय ७२ जना संक्रमीत देखीएका छन् । उहाँकै अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भएको छ
यसरी नेपालमा आज समेत गरी हालसम्म कुल  २६ हजार ६ सय ६१ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।

कुल संक्रमित मध्ये  १ सय जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये ६ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ र्कुल १ सय ३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानामुक्त भई घर फर्केकाको कुल संन्ख्या  १७ हजार ३ सय ३५ जना रहेका छ्न् । यो कुल संक्रमणको ६६ प्रतिशत हो । आजसम्म सक्रिय संक्रमितको संख्या  हजार  सय रहेको छ ।

गत २४ घन्टामा विभिन्न स्थानका गरी ३ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय  ५ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  १५ हजार २ सय ४३ रहेको छ ।