काठमाडौं ः नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप ४ सय ६८ जना संक्रमित भएका छन ।
गत २४ घन्टामा कुल ११ हजार ५ सय ७५ को पिसिआर परीक्षण गरिएको थियो । आज सम्म कुल ५ लाख १० हजार ६ सय ६० जनाको पिसिआर परिक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँकै अनुसार काठमाडौ उपत्यकामा यसै अबधिमा कुल ९१ जना संक्रमीत देखीएका छन् ।
यसरी नेपालमा आज समेत गरी हालसम्म कुल २६ हजार २० जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ र्कुल १ सय २५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानामुक्त भई घर फर्केकाको कुल संन्ख्या १७ हजार २ सय १ जना रहेका छ्न् । यो कुल संक्रमणको ६६ प्रतिशत हो । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय रहेको छ । कुल संक्रमित मध्ये ९८ जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये ४ जना भेन्टिेलेटरमा छन् ।
गत २४ घन्टामा विभिन्न स्थानका गरी ३ जना थपिए पछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय २ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या १४ हजार ४ सय ४८ रहेको छ ।
प्रतिक्रिया