शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण ३१
भाद्र कृष्ण एकादशी (११ बजेसम्म)
तदनुसार अगष्ट १५, शनिबार
इतिहासमा आज
स्वतन्त्र भारतको जन्म
सन् १९४७ मा आजकै दिन छिमेकी मुलुक भारतमा एक सय ९० वर्षको बेलायती शासन अन्त्य भएको थियो । स्वतन्त्र भारतको निर्माणको आन्दोलनमा नेपालीहरुले पनि ठूलो योगदान दिएका छन् । यसैको प्रभाव स्वरुप नेपालमा विसं १९९५ ताका नेपालमा सुरु भएको राणा विरोधी आन्दोलनले तिव्रता लिन थाल्यो । नेपालमा राणा शाही ढल्ने माहौल सृजना भयो ।
नेपाल
कुल PCR परीक्षण -४ लाख ९४ हजार ६ सय १३
पोजेटिभ केश — २५ हजार ५ सय ५१
आइसोलेशन —– ८ हजार ३ सय ७५
डिस्चार्जड केस — १७ हजार ७७ (६६.८%)
मृत्यु —-९९ जना
क्वारेन्टाइनमा —-१४ हजार ६ सय ३८
विश्वभर
संक्रमित: २ करोड १३ लाख ३५ हजार ९ सय ६०
निको भएका :१ करोड ४१ लाख ३१ हजार १ सय ४९
मृत्यु : ७ लाख ६२ हजार ४ सय ३८
स्रोत: वर्डोमिटर्स
आजको मौसम
देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । स्रोत : मौसम विभाग
तापक्रम
बढीमा २७ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ३३
सूर्यास्त : ६:४३
प्रतिक्रिया