संक्रमित संख्या २५ हजार पार, मृतक संख्या सय नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं ः नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप ५ सय ९४ जना संक्रमित भएका छन ।

गत २४ घन्टामा कुल ११ हजार ५ सय ७५ को पिसिआर परीक्षण गरिएको थियो । आज सम्म कुल ४ लाख ४९ हजार ६ सय १६ जनाको पिसिआर परिक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँकै अनुसार काठमाडौ उपत्यकामा यसै अबधिमा कुल ८५ जना संक्रमीत देखीएका छन् ।
यसरी नेपालमा आज समेत गरी हालसम्म कुल २५ हजार ५ सय ५२ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भर्इ कुल २ सय ४० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानामुक्त भई घर फर्केकाको कुल संन्ख्या १७ हजार ७७ जना रहेका छ्न् । यो कुल संक्रमणको ६६.८ प्रतिशत हो । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय रहेको छ । कुल संक्रमित मध्ये ९८ जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये ४ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा विभिन्न स्थानका गरी ४ जना थपिए पछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने ९९ पुगेको छ ।
प्रदेश २ मा सर्वाधिक ४२ जना रहका छन्।

आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या ११ हजार ५ सय ७५ रहेको छ ।