समृद्धिका लागि हौस्याउँदै थाक्रे गाउँपालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तीन वर्ष अघि करिब १० प्रतिशत समथर मोहडा र बाँकी विभिन्न मोहडाका पहाडी भूमि समेटेको जमिन मिलाएर गाउँ पालिकाको नयाँ परिचय पाउँदा थाक्रेका जनतासँग विकास समृद्धिका आकांक्षा बाहेक केही थिएन । त्यही आकांक्षालाई समेटेर विकासको नयाँ सपना देखाउँदै निर्वाचित भएको थियो, रामकुमार आचार्य र अम्बिका रुपाखेतीसहितको टोली ।

त्यसअघि १९ वर्षसम्मको जनप्रतिनिधि विहिन अवस्था, लथालिंग विकास प्रक्रिया समयसँगै बढदो आवश्यकता आकांक्षालाई कसै गरी सम्हालेर अघि बढाउनु पर्ने चुनौति थियो नयाँ नेतृत्वसँग । समय डिजिटल युुगमा प्रवेश गरे पनि थाक्रे जस्ता आधारभूत तहका जनता रहने गाउँ १९ वर्ष अघि कै हालतमा छोडिएका थिए । जहाँ योजनाद्ध विकास र जन भावनाको प्रतिनिधित्व सुन्य बराबर थियो ।

जननिर्वाचित प्रतिनिधिहरु नहुँदाको भद्रगोलबाट मतदाताको अपेक्षा पुरा गर्नुपर्ने अभियान थाल्नुपर्ने अवस्थामा जनप्रतिनिधिनहरु रहेका थिए ।
जनताको पहिलो र सर्वाधिक अपेक्षा थियो खानेपानी । सुरुकै चुनौति यसरी उभिएपछि आचार्यको टोलीले लक्ष्य बनायो, एक घर एक धारा । यो लक्ष्य केही अपवादलाई छोडेर ७० प्रतिशतले पुरा भएको छ ।

स्थानीय सरकारका सम्हाल्दा बाटो त सबै वडामा पुगेका थिए, तर हिँउदमा मात्र चल्ने । गाउँपालिकाका ३८ वटा सडक सञ्जाल मध्ये ५ वटामा ग्राभल दुई वटा कालोपत्र र बाँकी सबै धुले सडक । त्यस्तो अवस्थामा विकासमा पुुवाधारको पनि पुर्वाधारको रुपमा रहेका बाटोलाई सबै महिना चल्न सक्ने बनाउनु पर्ने थियो । त्यो वाचा पनि यो वर्ष पुगेको छ ।

शिक्षातर्फ सबै विद्यालयमा दरबन्दी पु्¥याउनु पर्ने चुनौति पार गर्न यसपटक नै गाउँपालिकाका विद्यालयहरुमा ८८ वटा दरबन्दी व्यवस्था गरिएको छ ।
गाउँपालिकाले महिला सशक्तिकरणमा पनि उदाहरणीय नमुना प्रस्तुत गरेको छ ,महिनामा ५०० रुपैयाँ बचत गर्ने महिलालाई प्रोस्साहन स्वरुप २० प्रतिशत रकम प्रोत्साहन स्वरुप दिइने गरिएको छ । त्यस बापत उनीहरुले महिनाको दुई दिने खोप, सरसफाई लगायतको काम गर्ने गरेका छन् ।

पर्यटनतर्फ गाउँपालिकाकै सुन्दर प्राकृतिक वरदानको रुपमा रहेको वडा नं. ६ को रानी झरनामा क्यानोनिङ्ग सुरु गरी ठूलो संख्यामा पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको छ । त्यसका साथै मिनि लुम्बिनी पार्क र गाउँकै अग्लो स्थानमा पर्ने वडा नं १ को भूईचुलीसम्म पुग्ने पर्यटन मार्ग बनाउने प्रस्ताव गरिएको छ ।

अधिंकाश कृषक परम्परागत निर्वाहमुखी खेतिपातीमा अल्झिएको अवस्थामा गाउँपालिकाले अंगुरखेती, वाइन उत्पादन र व्यावसायिक तरकारी खेतिलाई प्रोत्साहन गर्न २० रोपनी भन्दाबढीमा खेती गर्नेलाई २० प्रतिशत अनुदान, सहज बैंक लोन आदि आकर्षक योजना ल्याएको छ ।

यसैगरी उत्पादित तरकारीको बजारलाई व्यवस्थापन गर्न समेत गाउँपालिका लागि परेको छ । यसका साथै गाउँमा बढदो रुपमा रहेका फोहरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गराउने सोच रहेका पनि पालिका अध्यक्ष आचार्य बताउनु हुन्छ ।

एक पछि अर्काे योजना सफलतापुर्वक लागू गर्दै गएको थाक्रे गाउँ पालिकाले आफ्नै भवन नहुनुको पीडा भने भोगिरहेकै छ । यसबाहके सरुवा भइरहने कर्मचारी शैलीबाट पनि थाक्रे गाउँपालिका समस्यामा छ ।