काठमाडौं : नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप ५ सय २५ जना संक्रमित भएका छन । गत २४ घन्टामा कुल ९ हजार ८ सय ५९ को पि सि आर परिक्षण गरिएको थियो । आज सम्म कुल ४ लाख ८३ हजार ८ सय २८ जनाको पिसिआर परिक्षण गरियेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँकै अनुसार काठमाडौ उपत्यकामा यसै अबधिमा कुल १ सय २२ जना संक्रमीत देखीएका छन ।
यसरी नेपालमा आज समेत गरि हालसम्म कुल २४ हजार ९ सय ५७ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ कुल १ सय ९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोराना मुक्त भई घर फर्केकाको कुल संन्ख्या १६ हजार ८ सय ९ जना रहेका छ्न् । यो कुल संक्रमणको ६८.७ प्रतिशत हो । सक्रिय संक्रमित्को सन्ख्या ८ हजार २५ रहेको छ ।
गत २४ घन्टामा विभिन्न स्थानका गरी ४ जना थपिए पछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने ९५ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या १४ हजार ७ सय ६९ रहेको छ ।
प्रतिक्रिया