काठमाडौं : नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप ४ सय ४८ जना संक्रमित भएका छन । गत २४ घन्टामा कुल १ हजार ४ सय ८१ को पि सि आर परिक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँकै अनुसार काठमाडौ उपत्यकामा कुल १ सय ४० जना संक्रमीत देखीएका छन ।
यसरी नेपालमा आज समेत गरि हालसम्म कुल २३ हजार ९ सय ४८ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् । काठमाडौं उपत्यकामा गत २४ घन्टामा ९२ जना थपिएका संक्रमीत थपिएका छन् ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ कुल ६४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोराना मुक्त भई घर फर्केकाको कुल संन्ख्या १६ हजार ७ सय २८ जना रहेका छ्न् । यो कुल संक्रमणको ६८.७ प्रतिशत हो । सक्रिय संक्रमित्को सन्ख्या ७ हजार ६ सय १३ रहेको छ ।
गत २४ घन्टामा विभिन्न स्थानका गरी ७ जना थपिए पछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने ९१ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या १४ हजार ६ हजार ८ सय रहेको छ ।
प्रतिक्रिया