काठमाडौं : नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप ६ सय ३८ जना संक्रमित भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो ।
यसरी नेपालमा आज समेत गरि हालसम्म कुल २३ हजार ९ सय ४८ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् । काठमाडौं उपत्यकामा गत २४ घन्टामा ९२ जना थपिएका संक्रमीत थपिएका छन् ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भर्इ १ सय ७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोराना मुक्त भई घर फर्केकाको कुल संन्ख्या १६ हजार ६ सय ६४ जना रहेका छ्न् । यो कुल संक्रमणको ६९.६ प्रतिशत हो ।
गत २४ घन्टामा विभिन्न स्थानका गरी ४ जना थपिए पछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने ८३ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या ११ हजार ५८ रहेको छ ।
प्रतिक्रिया