काठमाडौं : नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप ३ सय ८० जना संक्रमित भएका छन । गत २४ घन्टामा कुल ८ हजार ८ सय १५ जना को पिसिआर परीक्षण गरिएको पिसिआरमा ३८० जनाको पिसिआर कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो ।
यसरी नेपालमा आज समेत गरि हालसम्म कुल २२ हजार ९ सय ७२ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् । काठमाडौं उपत्यकामा गत २४ घन्टामा ९२ जना थपिएका संक्रमीत थपिएका छन् ।
गत २४ घन्ट संक्रमणबाट मुक्त भइ ४० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानाबाट मुक्त भई घर फर्केकाको कुल संन्ख्या १६ हजार ३ सय ५३ जना रहेका छ्न् ।
गत २४ घन्टामा ५ जना थपिए पछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने ७५ पुगेको छ ।
प्रतिक्रिया