नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप ३ सय ७८ जना संक्रमित भएका छन । गत २४ घन्टामा कुल ७ हजार ७ सय ८८ जना को पिसिआर परीक्षण गरिएको थियो l आज सम्म ४ लाख ८ हजार ८८ जनाको पिसिआर परिक्षण गरिएको छ। आज काठमाडौंमा ६१ जना संक्रमित पुगेका छन् ।
जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो ।
देश भरका ३८ वटा प्रयोगशालामा आज समेत गरि हालसम्म कुल २१ हजार ८ सय ५४ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।
कुल संक्रमितमध्ये ६ हजार २ सय ६ जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ६ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
गत २४ घन्ट संक्रमणबाट मुक्त भइ ४ सय ९९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानाबाट मुक्त भई घर फर्केकाको कुल संन्ख्या १६ हजार २ सय १३ जना रहेेका छ्न। यो कुल संक्रमित संख्याको ७०.८ प्रतिशत हो ।
आज क्वारेन्टाइनमा रहेकाहरुको कुल संख्या १० हजार ७ सय १० रहेको छ।
गत २४ घन्टामा मृतक ३ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने ७३ पुगेको छ ।
प्रतिक्रिया