मौका यही हो, प्रकृतितर्फ फर्कौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : गत साउन १४ गते “विश्व बाघ संरक्षण दिवस” कादिन देखि ग्रीन आर्मी नेपालले यज्ञडोल (जगडोल) गोकर्णेश्वरमा “जगडोल सफाई र सुरक्षा शिविर २०७७” अभियान सुरु गयो साउन २२ समापन भएको सो कार्यक्रमले हालको कोरोना प्रकोपकै बीच घर वर पर बिरुवा लगाउँदा हुने दीर्घकालीन फाइदाबारे जनतालाई बुझायो ।

कार्यक्रममा ग्रीन आर्मी नेपालले राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडोल (जगडोल), गोकर्णेश्वरमा सरसफाई र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो । जसमा राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) पार्क निर्माण र व्यवस्थापन समिति यज्ञडोल (जगडोल), गोकर्णेश्वर, नगरपालिका वार्ड–४ अध्यक्ष सुदर्शन सिग्देल, युनेस्को क्लब तथा संघसंस्थाको राष्ट्रिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठी, इस्टपोल माध्यमिक विधालयका उप प्रमुख प्रकाश अधिकारीको उपस्थितीमा पचास ओटा रुद्राक्षको बोट रोपिए ।

 

ग्रीन आर्मी नेपालका संस्थापक अध्यक्ष सविन शर्माका अनुसार कार्यक्रमका लागि ग्रीन आर्मी नेपालका स्वयंसेवकहरुलाई मास्क, पन्जा र सेनिटाइजरको व्यवस्थापनसहित सम्बद्ध रिवारलाई विश्वास दिलाएर मात्र कार्यक्रम सम्पन्न गरिएको हो । जगडोल गोकर्णेश्वरमा हुने फोहरलाई कम गर्ने वन जंगललाई थप हराभरा बनाउने उद्देश्यले यो गरिएको समेत शर्माले जानकारी दिनुभयो ।
कोभिड–१९ ले गर्दा सहभागिहरुलाई मास्क, पन्जा नलगाइ नआउन भनिएको थियो । ग्रीन आर्मीले बिहानको ६ देखि ७ बजे सम्म बिहानी हिँडाइमा आउने व्यत्तिहरुलाई कोभिड–१९ बारे सचेत गराउनुका साथै बिहान ७ देखि ९ बजे सम्म सरसफाइ गरोे जानकारी पनि उहाँले दिनुभयो ।

लकडाउनका समयमा इन्टरनेटमा व्यस्त रहेकी जोरपाटकी आशिका गौतम साउन १४ देखि ग्रीन आर्मी नेपालदूारा आयोजित “जगडोल सफाई र सुरक्षा शिविर २०७७” अभियानम सहभागी भइन्। आफूलाई अभियानमा पाउँदा ऊर्जावान महसुस गरेको बताइन् । कक्षा आठ बाट ग्रीन आर्मी नेपालमा आफू सदस्य भएको र यस्तो कोरेना भाइरसको महामारीमा पनि घरबाट परिवारको साथ पाई काम गर्न पाउँदा खुसी भएको भनाई उनको थियो । आफनो छरछिमेकीमा रहेका साथीभाइहरुलाई पनि ग्रीन आर्मी नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी गराइएको उनल बताइन् । “पहिले आफूले पनि जथाभावी फोहोर फाल्ने गरेको याद आयो र यसरी फोहोर गर्दा आफूलाई गाह्रो हुने रहेछ भन्ने महसुस भयो

यसैगरि बि.बि.एस दोस्रो वर्ष अध्ययनत सागर आचार्य आफू लकडाउनको अवधिमा अनलाइन कोर्ष जस्तै योगा, ध्यान, उपन्यास, डान्स क्लासमा व्यस्त भएका कारण आफूलाई समय दिन नपाएका र अहिले आफूले आफूलाई समय दिन पाएकोमा खुसी महसुस भएको । ग्रीन आर्मीमा पहिलो पटक सहभागी हुदा निकै नै खुसी लागेको आर्चायले बताउनुभयो । उहाँका अनुसार आफूले आशा गरेको जस्ता पाउनको साथै रमाइलो पनि गरिरहेको र यसलाई निरन्तरता गर्न चाहेको बताउनुभयो ।

कक्षा १० का रविन्द्र भागदाश आफू लकडाउनको समयमा गाउँमा भएका कारण आफूलाई सजिलो भएको र कृषि कार्यमा व्यस्त रहेको बताउनुहुन्छ । ग्रीन आर्मीको कार्यक्रममा सहभागी हुदाँ धेरै प्रशसा मिलेको साथै आफूहरुको कार्यबाट अरुले पनि चासो देखाएको बताए । ग्रीन आर्मीको कार्यमा आफूलाई सहभागी हुन घर परिवार र साथीभाइबाट साथ र माया पाएको बताए । बिहान र साँझ वालक गर्न आउने व्यक्तिहरुले पनि ग्रीन आर्मी प्रति राम्रो प्रतिक्रिया दिने गरेको भागदाशले बताउनुभया । उहाँका अनुसार “हामीले जे दिन्छौं वातावरणले त्यही नै दिन्छ” भन्ने सोज राखेको पनि उहाँले बताउनुभयो ।

“कोभिड–१९ लाग्ने डर थियो पहिले तर अहिले बानी परेको र अपरिचित व्यक्तिसँग समाजिक दुरी अपनाउदै सरसफाई कार्यक्रम गर्दै” बौद्धका उत्सव तिमिल्सिनाले बताए । आफूलाई घरबाट परिवार, शिक्षक र साथीभाइले यस्तो समयमा नजान आग्रह गरेता पनि आफूले विश्वास दिलाई ग्रीन आर्मीको कार्यक्रममा सहभागी भएको जानकारी दिनु भयो ।
ग्रीन आर्मीको कार्यक्रमले गर्दा आफनो ढिलो सम्म सुत्ने बानी पनि हटेको, पहिले बिहान आठ बजे सम्म सुत्ने गरेको तर अहिले चार बजे उठ्ने गरेको साथै बिहान् वालक, जलपान तथा नयाँ साथी बनाउने मोका र एउटा सक्षम नागरिक महसुस गराएको छ । “पहिला मैले आफेले जथाभावी फोहोर फाल्ने गर्थे तर अहिले चाँही आफूले नै फोहोेर सकलन् गर्दा पछुतो गर्दै छु तर दुः ख लागेको होइन” तिमलसिनाले बताउनुभयो ।
राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) पार्क निर्माण र व्यवस्थापन समिति यज्ञडोल (जगडोल), गोकर्णेश्वर, नगरपालिका वार्ड–४ अध्यक्ष सुदर्शन सिग्देलका अनुसार, “ ग्रीन आर्मीको सहभागीता प एकदमै खुसी छौं किनभने युवाहरुलाई अगाडी बढाउनु पर्छ र उनीहरुलाई वन जङ्गलको प्रतिक हरियाली बढाउने छ। उ साथै विधार्थी भाइबहिनीलाई अझै उत्साहित गर्दै व्यावहारिक स्थलको रुपमा शहिद पार्कलाई लिइरहेका छौं । हामीले ग्रीन आर्मीलाई सामाजिक दुरी कायम गर्न भनेका छौ” उहाँले बताउनुभयो ।

युनेस्को क्लब तथा संघसंस्थाको राष्ट्रिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठी भन्नुहुन्छ, “हाम्रो मूल उदेश्य शिक्षा, सस्कृति, वैज्ञानिक, आमसञ्चार र मानवअधिकार क्षेत्रमा क्रियाशिल छौं । विशेषगरि शन्तिको निम्तिि यो सस्ंथा अग्रसर भएर काम गरि रहेका छौं र यो पार्कमा पनि हामी युनेस्को मन्त्रालयले शिक्षा मन्त्रिकै अध्यक्षतामा मन्त्रीपरिषदले पास गरेर यो क्षेत्रलाई युनेस्को संग्राहलयको रुपमा चाँहि विकसित गर्ने भनेर अहिले मन्त्रि स्तरिय निर्णयबाट यो निर्णय भएर, हामी साझेदारीका रुपमा व्यवस्थापन समिति सँग मिलेर पार्कलाई हरियाली बनाउने र व्यवस्थित गण्तव्यको रुपमा स्थापित गर्न लागिरहेको बताए ।

” यो क्षेत्रलाई विशेषगरी यहाँको विधार्थी, स्थानिय सबै मिलेर सफा, स्वज्छ र हराभरा क्षेत्रको रुपमा विकसित गर्न  हामी जुटि रहेका छौं । आज करिब १५ दिन भइसकेको छ यो अभियानमा लागेको । ग्रीन आर्मी प्रत्यक विधालयमा यसको अध्यक्षहरु छन् र सहित हामी युनेस्को को टिम मिलेर यो अभियानको रुपमा जारि रहिरहेको छौं ” उहाँले बताउनुभयो ।