नेपालमा कोरोना सन्क्रमितमा गम्भिर रोगिको संख्या बढ्न थालेको देखिएको छ। हाल सम्म सन्क्रमित मधे ६२ जना गम्भीर छ्न भने ती मधे ३ जना भेन्टिलेटरमा छ्न ।
गत २४ को घन्टामा कोभिड १९ बाट थप ३ सय ३० जना संक्रमित भएका छन । गत २४ घन्टामा कुल ७ हजार ९ सय २६ जना को पिसिआर परीक्षण गरिएको थियो l आज सम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पिसिआर परिक्षण गरिएको छ।
जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो ।
देश भरका ३८ वटा प्रयोगशालामा आज समेत गरि हालसम्म कुल २१ हजार ८ सय ५४ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।
कुल संक्रमितमध्ये ६ हजार ३ सय ३० जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ६ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
गत २४ घन्ट संक्रमणबाट मुक्त भइ ४ सय २५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानाबाट मुक्त भई घर फर्केकाको कुल संन्ख्या १५ हजार ८ सय १४ जना रहेेका छ्न। यो कुल संक्रमित संख्याको ७०.८ प्रतिशत हो ।
आज क्वारेन्टाइनमा रहेकाहरुको कुल संख्या १० हजार २ सय ७ रहेको छ।
गत २४ घन्टामा मृतक ६ जना थपिए पछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने ७१ पुगेको छ ।
प्रतिक्रिया