कोभिड१९: ३८१ थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप ३ सय  ८१ जना संक्रमित भएका छन । गत २४ घन्टामा कुल  ६  हजार  ३ सय ५९ जना को पिसिआर परीक्षण गरिएको थियो l आज सम्म ४ लाख १२ ९ सय ५३ जनाको पिसिआर परिक्षण गरिएको छ।

जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले  यो जानकारी दिनुभएको हो । उहाँका अनुसार  काठमाडौ उपत्यकाका  ६० जना सक्रमित थपिएका छन।

यसरी नेपालमा आज समेत गरि हालसम्म कुल  २१ हजार ३ सय ९० जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।

कुल संक्रमितमध्ये  ६ हजार १ सय ७४ जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका  ४ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
गत २४ घन्ट संक्रमणबाट मुक्त भइ १ सय ३० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानाबाट मुक्त भई घर फर्केकाको कुल संन्ख्या १५ हजार १  सय ५६ जना  रहेेका छ्न। यो कुल संक्रमित संख्याको ७०.८ प्रतिशत हो ।

आज क्वारेन्टाइनमा रहेकाहरुको कुल संख्या ९ हजार ९ सय २५ रहेको छ।

कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने ५८ पुगेको छ ।