नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप २ सय ५९ जना संक्रमित भएका छन । गत २४ घन्टामा कुल ७ हजार जना को पिसिआर परीक्षण गरिएको थियो l
जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँका अनुसार काठमाडौ उपत्यकामा ६२ जना सक्रमित थपिएका छन।
यसरी आज समेत गरि हालसम्म कुल २१ हजार ९ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।
कुल संक्रमितमध्ये ५ हजार ९ सय २७ जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ४ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
गत २४ घन्टमा संक्रमणबाट मुक्त भइ ६५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानाबाट मुक्त भई घर फर्केकाको कुल संन्ख्या १५ हजार ६२ जना छन। यो कुल संक्रमित संख्याको ७१.५ प्रतिशत हो ।
आज मोरंगमा एक कोरोना संक्रमित पुरुषेको निधन भएसँगै कोरोनाबाट नेपालमा निध हुनेको संख्या ५८ पुगेको छ ।
आमालाई कोरना भए पनि बच्चालाई स्तन पान गराउनुहोस् ।
प्रवक्ता गौतमले नवजात शिशुकी आमालाई कोभिड १९ भए पनि स्तनपान गराउन नछोड्न आग्रह गर्नुभएको छ । ”स्तनपान गराउनु अघि राम्ररी साबुन पानीले हात धुन र स्तनका मुन्टा पखाल्नु भने पर्छ”, उहाँको कथन थियो
प्रतिक्रिया