नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप २ सय १० जना संक्रमित भएका छन । गत २४ घन्टामा कुल ६ हजार २ सय ३७ जनाको पिसिआर परीक्षण गरिएको थियो l
जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँका अनुसार काठमाडौमा १४ जना सक्रमित थपिएका छन ।
आज समेत गरि हालसम्म कुल १९ हजार २ सय ७३ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।
कुल संक्रमितमध्ये ५ हजार ३ सय ६० जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ५ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
गत २४ घन्ट संक्रमणबाट मुक्त भइ कुल १ सय २१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानाबाट मुक्त भई घर फर्केकाको कुल सं न्ख्या १४ हजार २१ पुगेको छ । निको हुनेको दर ७३.३५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया