६ सय २६ मुक्त, १ सय ३९ नयाँ संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप १ सय  ३९ जना संक्रमित भएका छन ।
जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले  यो जानकारी दिनुभएको हो ्र

आज समेत गरि हालसम्म कुल  १८ हजार  ७ सय  ५२ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।

कुल संक्रमितमध्ये  ४ हजार ९ सय ५० जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ६ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
गत २४ घन्ट संक्रमणबाट मुक्त भइकुल ६ सय २६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानाबाट मुक्त भई घर फर्केकाको कुल सं न्ख्या १३ हजार ७ सय १४ पुगेको छ । निको हुनेको दर ७३.३५ प्रतिशत रहेको छ ।

धनुषाका एक र बारामा एक गरी दुई जना नेपाली र पर्सामा एक भारतीय नागरिक मृत्यु भएपछि कोरोनाबाट निधन हुनेको संख्या ४८ पुगेको छ ।