काठमाडौं: लक डाउन हटे पनि कोरोना सन्क्क्रमणको खतरा उस्तै रहेको भन्द्दै सरकारले भिडभाड मा नजान अपिल गरेको छ ।जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रमण नसकिएको बताउनुुुभएको हो। यसरि लकडााउन खोलेका थुुप्रो देेेशहरुमा पछी झन भयावह भएको उल्लेख गर्न्नु भयो |
नेपालमा गत २४ को घन्टामा कोभिड १९ भेटिएका संक्रमितको संख्या १ सय ४७ रहेको छ । यसरी हालसम्म कुल १८ हजार दुुुई सय ४१ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।
कुल संक्रमितमध्ये ५ हजार ५ सय ५८ जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ६ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
देशका कुल २७ वटा प्रयोगशालामा गत २४ घन्टामा कुल ३ हजार ७ सय ४१ जनामा कोरोना परीक्षण गरिएको थियो । कोरोना हुनसक्ने आशंकामा क्वारेन्टीनमा रहेकाको संख्या २० हजार ५८ रहेको छ।
हालसम्म कोभिड १९ लाई जित्नेको संख्या १२ हजार ८ सय ४० पुगेको छ । यो कुल संक्रमितको संख्याको ७०.४ प्रतिशत हो । आज सबै तिर गरि एक सय ५६ जना डिस्चार्ज भएका छन् ।
एक जना ७० वर्षका ब्यक्ति निधन भयेपछी कुल मृतकको संख्या ४३ पुगेको छ ।
प्रतिक्रिया